दफा २६७
खोटा टिकट बनाउन वा चलन गर्न नहुनेः

(१) कसैले सद्दे सरह चलन गर्ने नियतले खोटा टिकट बनाउन वा बनाउने उद्योग गर्न, खरिद बिक्री गर्न, लेनदेन गर्न वानिकासी वा पैठारी गर्न वा सद्दे सरह चलन गर्न वा त्यस्तो गर्न उद्योग गर्न वा आफूसँग राख्न हुँदैन।स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनका लागि:
(क) “टिकट” भन्नाले हुलाक टिकट वा लिखतमा टाँसिने राजस्व सम्बन्धी अन्य टिकट सम्झनु पर्छ रसो शब्दले खाम, हुलाक पत्र वा अरु कुनै वस्तुमा लगाइएको वा छापिएको टिकटको निस्सा वा टिकटकोप्रयोजनका लागि प्रयोग हुने स्टिकर समेतलाई जनाउँछ ।
(ख) “खोटा टिकट” भन्नाले खण्ड (क) मा उल्लेख गरिए बमोजिमको टिकट हो भन्ने भान पार्ने गरीअनधिकृत रुपमा बनाएको नक्कली टिकट सम्झनु पर्छ र सो शब्दले एकपटक प्रयोग भइसकेको टिकट समेतलाईजनाउँछ ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबानाहुनेछ ।